सबैतिर चुनावी तालमेल गरेर जाने सहमति भयो : प्रचण्ड

सबैतिर चुनावी तालमेल गरेर जाने सहमति भयो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुबीच सबैतिर चुनावी तालमेल गरेर जाने सहमति भएको बताएका छन् ।

आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको र सबैतिर तालमेल गरेर जाने सहमति भएका बताएका हुन् । ‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो,’ उनले भने ।

अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’