ओलीबाहेक एमालेका सबै नेतासँग सहकार्य गर्न सकिन्छ : प्रचण्ड

ओलीबाहेक एमालेका सबै नेतासँग सहकार्य गर्न सकिन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओली अझै पनि दम्भ र अहंकारबाट पछि नहटेकाले उनीसँग सहकार्य गर्न नसकिने बताएका हुन् ।

त्यसैगरी उनले ओलीकै व्यवहारका कारण वामपन्थी पार्टीहरू मिलेर काम गर्न नसक्ने अवस्था रहेको बताए । तर, एमाले अध्यक्ष ओलीबाहेक अन्य नेता कार्यकर्तासँग भने सहकार्य हुन सक्ने प्रचण्डले बताए । ‘नेकपा एमालेका धेरै कार्यकर्ताप्रति मलाई भरोसा र विश्वास छ । तर, यति धेरै दम्भ र अहंकार नहुने हो भने वामपन्थी सहकार्यको वातावरण बन्न सक्छ,’ प्रचण्डले भने ।

ओलीले संसदमा गत विहीबार सम्बोधन गर्दा प्रयोग गरेको शब्दहरुबाट आफू चिन्तित भएको उनले दावी गरे । ‘सरकार ढल्यो, उहाँ बालुवाटारबाट बालकोट पुग्नुभयो । सातै प्रदेशको सरकार पनि ढल्यो, राष्ट्रिय सभाको निर्वाचनमा उहाँहरुले जे बेहोर्नुभयो । बार एशोसिएशनको चुनाव भयो । यी सबैबाट रिअलाइजेसन भयो होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचनपछि त आत्मसमीक्षा गर्नुभयो होला भन्ने लागेको थियो । वामपन्थी एकताको पक्षमा वातावरण बनाउने पक्षमा कुरा गर्नुहुन्छ कि भन्ने लागेको थियो । पुनःसमीक्षा गर्नेतिर जानुहुन्छ भन्ने लागेको थियो । तर, बिल्कुल आफ्नो अहंकार र दम्भबाट पछि हट्नुभएको छैन ।’, उनले भने ।