एमाले जस्तै दम्भ देखाए कांग्रेसलाई पनि ठेगान लगाइदिन्छौँ : प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा घमण्ड बढ्दै गएको बताएका छन् । बुधबार देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाण्डुमा प्रशिक्षण दिने क्रममा प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाउन थालेको बताएका हुन् ।

‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छु ।’ उनले भने, ‘कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठेगान लगाउँछौँ।’

उनले यसअघि सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको गठबन्धन बैठकमा आफू र नारायणकाजी श्रेष्ठले यसबारे गम्भीरतापूर्वक कुरा राखिदिएको पनि दावी गरे । ‘हामीले बालुवाटारको गठबन्धन बैठकमा गम्भीर ढंगले यसबारे कुरा उठाइदिएका छौँ। यो गठबन्धनलाई लिएर जाने नै हो। तर कांग्रेसमा अहंकार नआओस् । माओवादीलाई तह लाउने भनेर कांग्रेसले घमण्ड नदेखाओस्। अहिले हामीले जितेका १२२ पालिका अब हाम्रा आधार इलाका हुनुपर्यो ।’, प्रचण्डले भने । उनले प्रदेश र संघको प्रदेशमा पनि हालको पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement