खुमलटारमा बैठक: पदाधिकारीको टुंगो लगाउने जिम्मा प्रचण्डलाई


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसहित कमिटी गठनका लागि नेताहरुको नाम प्रस्ताव गर्ने भएका छन्। मंगलबार खुमलटारमा बसेको बैठकले पदाधिकारीहरुको टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको हो ।

‘अध्यक्ष कमरेडले भोली नाम प्रस्ताव गर्ने छन् । बैठकको अध्यक्षता उहाँले नै गर्ने भएकाले नाम प्रस्ताव गर्नुहुन्छ,’ बैठक पछि एक नेताले भने ।
साेमबार बसेको बैठकमा नेताहरुले जतिसक्दो चाँडो पदाधिकारीको टुंगो लगाउन प्रचण्डलाई दवाव दिएका थिए ।

यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव रहेको थियो । अध्यक्ष प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement