काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा नभएको बताएका छन् ।
बुधबार चितवनको माडी नगरपालिकामा पर्ने हुलाकी सडकअन्तर्गतको रतनी खोला पुलको उद्घाटन गर्दै उनले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेपनि ओलीकारण त्यो सपना पूरा नभएको बताएका हुन् । उनले केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको पनि बताए ।
उनले भने, ‘राजनीतिक स्थायित्व र विकास सपना देखेर हामीले नेकपा बनाएका थियौं। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेको हो त्यो सपना पूरा हुन सकेन र चकनाचुर भयो ।’




प्रतिक्रिया