प्रचण्डको भारत भ्रमणमा चिनियाँ राजदूतको चासो

प्रचण्डको भारत भ्रमणमा चिनियाँ राजदूतको चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे चिनले चासो राखेको बताएका छन् ।

शुक्रबार बिहान पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी आरजु राणासँग भएको भेटबारे चिनले चासो राखेको खुलासा गरेका हुन् ।

उनले भारत भ्रमणका क्रममा दिल्लीमा रहँदा प्रधानमन्त्री पत्नी आरजु राणासँग पनि भेट गरेका थिए । सो भेटमा प्रचण्ड र आरजुले नागरिकता विधेयक लगायतका विषयमा भारतीयलाई समेत राखेर सहमति गरेको भन्दै हल्ला फैलाइएको थियो ।

प्रचण्डले चिनियाँ राजदूत होउ यान्छीले आफ्नो र आरजु राणाको भेटबारे चासो राखेको र उक्त कुरा सुन्दा आफुलाई आश्चर्य लागेको बताएका हुन् । उनले भने, ‘त्यसपछि चिनियाँ राजदूतले समेत तपाईं र आरजु भारतमा बसेर सहमति गर्नुभयो रे ? भनेर चासो राख्नुभयो । मलाई अनौठो लाग्यो ।’

प्रचण्ड भारतबाट फर्किएलगत्तै नागरिकता विधेयक अघि बढाइएको थियो । उक्त विधेयकमाथि संसदमा दफावार छलफल नगरी, बिधायन समितिमा समेत पेश नगरी गठबन्धन सरकारले संसदबाट पारित गराएको थियो ।