प्रचण्ड भन्छन्–सुनको टुक्रा हामीसँग छ तर…

प्रचण्ड भन्छन्–सुनको टुक्रा हामीसँग छ तर…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले मेहेनत तथा श्रम गरिरहे पनि उनीहरुको जीवनमा कुनै परिवर्तन हुन नसकेको बताउनुहुँदै जनतालाई दोष दिएर नहुने बताएका छन्।

भक्तपुरको गठ्ठाघरमा शनिवार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उनले देशको समृद्धिको नेतृत्व राज्यले नै लिनुपर्ने धारणा राखे। ‘सुनको टुक्रा हामीसँग छ । सोचमा परिवर्तन ल्याउन जरूरी छ, ’ उनले भने।

उत्पादन बढाउन रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिएको भन्दै अध्यक्ष प्रचण्डले अर्गानिक खेती गर्न किसानलाई आग्रह गरे। कृषि र शिक्षामा नाम मात्रको बजेट भएको बताउँदै प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा र कृषिमा बजेट बढाउनुपर्नेमा जोड दिए।

‘कृषि र शिक्षामा नाम मात्रैको बजेट छ । त्यो बजेट कता जान्छ कता ? खाडी मुलुक गएर नेपालीहरूले धेरै दुःख गरेका छन्,’ उनले भने, ‘बाहिर गएर गर्ने धेरै दुःखको केही प्रतिशत दुःख आफ्नै माटोमा टेकेर यहाँ विविधता ल्याउन जाँगर देखाउने हो भने केही वर्षमा यो देश आत्मनिर्भर हुन्छ। प्रचण्डले भने, ‘सोच परिवर्तन गरौं ।’ कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुनेन्छ।