काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन-३ बाट चुनाव नलड्ने भएका छन् । वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले अध्यक्ष प्रचण्डले चितवन-३ छोड्न लागेको बताएका हुन् ।
‘चितवन र ३ नं. निर्वाचन क्षेत्रको बिकासको बिशाल संभावनामाथि गम्भिर संकट देखिदैछ !’पनेरुले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘देशकारबाहिरका परिवर्तन बिरोधिका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्वलाई अन्यत्र पठाउने परिस्थिति सिर्जना गर्न खोजिदैछ ।’ यसको असर चितवनको गठबन्धन र ३ वटै निर्वाचन क्षेत्रमा निश्चित रुपमा पर्ने उनको भनाई छ ।
यससँगै प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने लागेको चर्चा चल्न थालेको छ । २०७४ गोरखा-२ बाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हालै मात्र चुनाव नलड्ने घोषणा गरेका छन् । स्थानीय तहको चुनावमा माओवादी केन्द्रले पाएको मतलाई हेर्दा गोरखा-२मा प्रचण्डलाई सहज हुने गोरखाका एक जिल्ला नेताले बताए ।
स्थानीय तहको चुनावदेखि कांग्रेसभित्र विद्रोह गरिरहेको समूहले चितवन-३ मा प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरिरहेको छ । साथै, एमाले र राप्रपाबाट विक्रम पाण्डे, रवि लामिछानेसमेत उम्मेदवार बन्ने चर्चा चलिरहेको छ ।




प्रतिक्रिया