ओनसरीलाई जिताए विकास मन्त्री बनाएर पठाउँछु: प्रचण्ड

ओनसरीलाई जिताए विकास मन्त्री बनाएर पठाउँछु: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओनसरी घर्तीलाई जिताए विकास मन्त्री बनाउने बताएका छन् ।

काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले घर्तीलाई उम्मेदवार बनाएर पठाउनु काठमाण्डु क्षेत्र नम्बर २ का जनताप्रतिको सम्मान भएकोसमेत बताए ।

‘ओनसरी घर्तीभित्र मैले केही प्रतिभा छ भनेको थिएँ। उहाँले पार्टीबाट जहाँ भए पनि लड्छु भन्नु भएको थियो। ओनसरीसहित सबैलाई जिताउनुस्। उहाँलाई विजयी बनाएपछि म राम्रो विकासे मन्त्री बनाएर पठाउँछु।’ प्रचण्डले भने ।

उनले गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।