काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा आउन पाएकोमा रिल्याक्स महसुस गरेको बताएका छन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले आइतबार बिहान गोरखामा आयोजित चुनावी कार्यक्रममा मतदाताहरूलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘मंसिर ४ को निर्वाचन मेरो लागि सबैभन्दा सहज निर्वाचन ठानेको छु । यहाँ आउदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुदैछ । जहाँ हार्ने कुनै डर छैन्,’ उनले भने । उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए ।
उनले भने, ‘ गोरखा हरेक दृष्टिकोणले, ऐतिहासिक, भौगोलिक, पछिल्लो हाम्रो आन्दोलनको दृष्टिकोणले पनि महत्वपुर्ण जिल्लाभित्र पर्दछ । म यहाँ आउँदै गर्दा गठबन्धनभित्र पनि दरिलो एकता भएको छ । सुशासन र विकासको सानो सपना बोकेर होइन, राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्ने गरी आएको छु ।’




प्रतिक्रिया