गोरखामा प्रचण्डविरूद्ध चुनावी मैदानमा उत्रिएका अब्दुसको टोलीमाथि आक्रमण

गोरखामा प्रचण्डविरूद्ध चुनावी मैदानमा उत्रिएका अब्दुसको टोलीमाथि आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखा २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो ।

सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड चुनावी मैदानमा होमिएका छन् । मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण गर्ने उक्त समूह माओवादी परिचालित भएको बताइन्छ ।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ ।