प्रचण्डलाई ओलीको फोन: मिलेर अगाडि बढौँ

प्रचण्डलाई ओलीको फोन: मिलेर अगाडि बढौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन संवाद गरेका छन्।

बिहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई साटासाट गरेको ओलीका निजी सचिवालय स्रोतले बताएको छ । संवादमा ओलीले पहिलेको तिक्तता भुलेर मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।

नेकपाको एकता भंग भएपछि ओलीले प्रचण्डलाई पहिलो पटक फोन गरेका हुन्।