काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका हुन्।
राष्ट्रपाति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आग्रह गरेकी थिइन् । कांग्रेसले सरकार गठन गर्न नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा भूमिका खेलेको हो ।




प्रतिक्रिया