शेखर कोइरालाको टिप्पणी : प्रचण्डको सत्तारोहण अपेक्षित थिएन

शेखर कोइरालाको टिप्पणी : प्रचण्डको सत्तारोहण अपेक्षित थिएन


काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको टिप्पणी गरेका छन् ।

नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइरालाले दाहालको सत्तारोहण अपेक्षित नभएको बताए । ‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।’ कोइरालाले भनेका छन् ।