प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद विस्तार गर्न सकस

प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद विस्तार गर्न सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तार गर्न सकस परेको छ । नेकपा एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको समर्थनमा बनेको नयाँ सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको हो ।

सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तार गर्न सकस परेको जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको छ ।

राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको बैठक २५ पुसमा आव्हान गरेकी छिन् । प्रतिनिधिसभा बैठक सुरु भएपछि विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

हाल सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटाउने प्रयास भइरहेको छ । त्यस्तै सत्ता गठबन्धनमा आवद्ध दलहरुले क-कसलाई मन्त्री बनाउनेबारे छलफल गरिहेका छन् ।