विदेशी लगानी घरेलु निजी क्षेत्रको परिपुरक : प्रचण्ड

विदेशी लगानी घरेलु निजी क्षेत्रको परिपुरक : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताएका छन्।

लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी भएर नेपालको सामाजिक आर्थिक रुपान्तरणको एक अंग बन्दै आशा र समर्पणसहित यो ठाउँ छोडनु हुनेछ ।’

‘सामाजिक आर्थिक विकासका लागि हाम्रो संविधानले हामीलाई कार्ययोजना दिएको छ । आर्थिक विकासमा नीजि क्षेत्रको भूमिकालाई स्थापित गराएका छौं । उत्साहजनक रुपमा अन्वेषणलाई सशक्त बनाउन र आर्थिक प्रभावकारितालाई सुनिश्चित गराउन हामी नीजि क्षेत्रलाई प्रबद्र्धन गराउन चाहन्छौं । नीजि क्षेत्रलाई सञ्चालन गर्न सक्ने उपयुक्त वातावरण सार्वजनिक क्षेत्रले सिर्जना गर्नुपर्दछ । आर्थिक विकासलाई सम्भव तुल्याउन सरकारले पनि महत्वपूर्ण र सिर्जनात्मक भूमिका निर्वाह गर्न सक्छ ।

आर्थिक विकासका लागि नीजि क्षेत्रको भूमिका पनि उत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ । सार्वजनिक क्षेत्र लगानी र जनताको सुरक्षालाई सुनिश्चित गराउन सामाजिक विकासको क्षेत्रमा केन्द्रित हुनु पर्दछ । सार्वजनिक क्षेत्रले बजारको समान प्रतिस्पर्धाको सुनिश्चित गराउनु पर्दछ । लाभ र जोखिमलाई प्रभावकारी रुपमा बाँडफाँड गर्न सार्वजनिक नीजि साझेदारी मोडलले उपयोगी हुन सक्छ,’ उनले भने।

उनले हामीले विदेशी लगानीको कुरा गरिरहँदा हामीले घरेलु नीजि क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिएको बताए। विदेशी लगानी घरेलु नीजि क्षेत्रको लगानीको प्रतिस्थापना होइन, परिपुरक हुन सक्छ र हुनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले भने, ‘विदेशी व्यवसायबाट वित्त, ज्ञान, प्रविधि, बिधि, र आधुनिक साधनलाई परिचित गराउन नेपाली नीजि क्षेत्र तयार रहनु पर्दछ । नीजि क्षेत्र उत्पादकत्वलाई बढाउन र प्रभावकारीतालाई सुनिश्चित गराउन र सार्वजनिक क्षेत्रले सामाजिक सुरक्षा र सुरक्षालाई ध्यान दिनुपर्छ । हामी लगानीकर्ताका जायज चासोहरुलाई सम्बोधन गर्न र ग्रहण गर्न खुला र तयार छौं। यो सम्मेलन नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि उपयुक्त लगानीमैत्री वातावरण बनाउन, साझा समस्याहरुलाई समाधान र साझा मुद्दामा छलफल गर्ने मञ्च भएको छ । ’