काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आफूलाई विश्वासको मत दिने बताएका छन् ।
आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।
उक्त भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भेटमा माधव र यादवले विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदै छन्।




प्रतिक्रिया