काठमाण्डु- प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन् ।
संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका हुन् ।
उनीहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको प्रचण्डको भनाइ छ । ‘विना इर्ष्या मनैदेखि भन्न चाहन्छु । यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरुमा केही गरौं भन्ने हुटहुटी छ । यो संसदको पुँजी हो, तपाईहरुलाई हृदयदेखि नै स्वागत छ’ उनले भने ।




प्रतिक्रिया