काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधिनिसभाको बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै सबै राजनीतिक दल मिल्दा देश अगाडि बढ्ने बताएका छन् ।
‘हामी मिल्दा देश अगाडि गएको छ। नमिल्दा देश संकटतर्फ गएको छ’, उनले भने। साथै उनले राष्ट्रिय एकताका साथ अघि बढ्ने बताएका छन् । उनले अहिले पनि देश शान्तिपूर्ण अवस्थामा नआइसकेकाले आफू फरक ढंगले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न लागिपरेको बताए ।
‘शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको नाताले अझै पनि केही काम गर्न बाँकी छ । त्यो बाँकी काम म यसपटक प्रधानमन्त्री हुँदा पूरा गर्न लागिपर्छु,’ प्रचण्डले भने ।




प्रतिक्रिया