फेरि त्याग गरेर सङ्घर्षमा होमिन तयार छु : प्रचण्ड (मन्तव्यकाे पूर्ण पाठसहित)

फेरि त्याग गरेर सङ्घर्षमा होमिन तयार छु : प्रचण्ड (मन्तव्यकाे पूर्ण पाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं—नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताएका छन्।

मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले समाजवादी क्रान्तिका लागि सचेत धक्का जरुरी पर्ने बताए।

कार्यक्रममा प्रचण्डले भने, ‘पूँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन। चीनले हामी अझै समाजवादको प्रारम्भमा छौं भनिरहेको छ। समाजवादका लागि सचेत धक्का चाहिन्छ। हामीले त्यसकै लागि काम गर्नुपर्छ। हामीमा विचार र संगठनमा गति चाहिन्छ, विकास चाहिन्छ, राष्ट्रिय पूँजीको विकास चाहिन्छ।’

यस्तो छ अध्यक्ष प्रचण्डको सम्बोधनको मूल अंश।

‘मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ। आजको कार्यक्रम धेरै महत्वपूर्ण कार्यक्रम हो। कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला। त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ। तर, कमरेडहरुले प्रधानमन्त्री र माधव कमरेड आउन नसकेको जानकारी दिनुभयो। सचिवालयका २ जना स्थायी समितिका धेरै र केन्द्रीय समितिका अधिकांश नेता हुनुहुन्छ।

मभन्दा अघि झलनाथ कमरेडले धेरै गम्भिर ढंगले आफ्ना कुरा राख्नुभएको छ। उहाँले मार्क्सवादको आलोकमा वर्गसङ्घर्षको अनुभव, मार्क्सवादका शिक्षा, भौतिकवाद, द्धन्द्धवाद लगायतका विषयमा आफ्नो प्रवचनात्मक मन्तव्य राख्नुभएको छ। यसका साथै उहाँले विश्वभरिका क्रान्ति र प्रतिक्रान्तिका अनुभव, रुसी क्रान्ति, चिनियाँ क्रान्ति र प्रतिक्रान्तिबारे पनि गहन विचार राख्नुभएको छ। उहाँले गहन र राम्रो भाषण गर्नुभएको छ, यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।

कार्ल मार्क्सकै योगदानका कारण वैज्ञानिक समाजवादको विकास भयो, श्रमजीवीका लागि नयाँ युगको सुत्रपात भयो। विश्वमा ठूलठूला क्रान्ति भए। हामी कार्ल मार्क्स जन्मिएको २०० वर्ष मनाउँदैछौं। मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ। मानव जातिले कार्लमार्क्सलाई १००० वर्षयताकै महान व्यक्ति, महान् दार्शनिक ठान्छ, जसका विचारले संसारलाई नै प्रभावित ग¥यो। आजसम्म त्यसको वैज्ञानिक खण्डन कसैले गर्न सकेको छैन। सर्वहारा वर्गले मात्र होइन, उहाँलाई पूँजीवादी शिविर र दुनियाँले मानेको छ।

मार्क्सका सिद्धान्त सार्वभौम छन्। वैज्ञानिक समाजवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, उत्पादन सम्बन्ध सम्बन्धि मार्क्सको खोज र व्याख्यालाई कसैले वैज्ञानिक रुपले खण्डन गर्न सकेको छैन। तर, २०० वर्षको अवधिमा सर्वहारा वर्गले धेरै ठूला उतारचढाव बेहा¥यो। यसका बारेमा तपाईहरुलाई धेरैथोरै जानकारी छ। विश्व सर्वहारा वर्गले धेरै ठूला घुम्ती र मोडहरु छिचोलेर यहाँसम्म आइपुगेको छ।

हामी सुरुमा थोरै मानिस थियौं। सत्ता प्रतिक्रियावादी वर्गको हातमा थियो। संगठन सानो थियो, जनआधार पनि सानै संख्यामा थियो। तर, हामी अति धेरै आत्मविश्वासी थियौं। जनताप्रति समर्पित थियौं। २००६ सालमा पार्टी स्थापना गर्दा होस् वा रुस चीनको बहसमा नेपालको अन्तरविरोधको कुरा होस्, झापा विद्रोहको बेला होस् वा जनयुद्धको बेला, हामी निकै संकल्पवद्ध थियौं।

झापा विद्रोह वा केन्द्रीय न्युक्लियस हुँदा पनि हामी संकल्पवद्ध थियौं। त्यो बेला हामीमा निकै ठूलो उर्जा थियो। थोरै युवानहरुले पञ्चायती कालारात्री उल्टाउन लागेका थियौं। वर्गसङ्घर्ष गर्ने हो, हतियार उठाउने हो भन्ने आत्मविश्वास थियो। त्यसमा ठूलो संकल्प थियो। हामी निकै ठूलो विचित्र सपना देख्थ्यौं। घरको सबै बेचेर, गोरु भैंसी बेचेर पार्टीलाई बुझाइन्थ्यो। रातभरि मिटिङ गर्थ्यौं। हामी हप्तौं सुत्दैनथ्यौं। रातभरि संगठन र संघर्षको काम गर्थ्यौं। त्यसमा छुट्टै उर्जा र गौरव थियो।

हामी थोरै पूर्णकालीन कार्यकर्ता थियौं। हामी दलित बस्तीमा जाँदा गौरवको अनुभूति हुन्थ्यो। अन्तरजातीय विवाह गराउँदा गौरव हुन्थ्यो। झुपडीमा जाँद बेग्लै आनन्द आउँथ्यो। असीम त्यागको अनुभूति हुन्थ्यो। अहिले हामी लाखौं कार्यकर्ता छौं। ठूलो शक्ति पनि छौं। तर, हिजोको निष्ठा कता छ, हामी कता छौं ? अहिले सोच्दा विचित्र लाग्छ। हिजो थोरै हुँदा दुनियाँ बदल्छौं भन्ने मनोबल अहिले कता पुग्यो ? यति ठूलो पार्टी हुँदा पनि हामी किन एक्लो महशुस गर्दैछौं ?
हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो।

कसिलो हात मिलाइन्थ्यो। हृदयदेखि भावना जागृत हुन्थ्यो। आफ्नोपनको अनुभूति हुन्थ्यो। हामीले जतिसुकै ठूला दुखकष्ट र चुनौति बिर्सन्थ्यौं। तर, अहिले किन त्यस्तो हुँदैन ? हिजो जङ्गलमा सुतियो। तर, जङ्गलको अनुभूति भएन। हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन। तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ। अहिले के विचित्र भइराखेको छ ?

हामी ६÷७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पूँजीवाद परास्त गर्न सक्छौं। तर, हामी हिम्मत हार्दैछौं। किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं ? हामीले संकल्प र समीक्षा गर्ने यही हो। हामीले मार्क्सबाट सिक्ने यही%8