काठमाण्डु- राष्ट्रपतिको निर्वाचनको विषयमा तीन दलबीच छलफल सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।
बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।




प्रतिक्रिया