किन रोकियो प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण ?

किन रोकियो प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतार भ्रमणमा नजाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको १९ देखि २२ फागुनसम्मका लागि तय भएको कतार भ्रमण रोकिएको हो ।

प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने योजनामा थियो । राष्ट्रपतिको निर्वाचन, गठबन्धनको भविष्य, राजनीतिक परिस्थितिलगायत कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार मात्रै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका थिए ।