मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रचण्डको तयारी, कसको भागमा कुन मन्त्रालय ?

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रचण्डको तयारी, कसको भागमा कुन मन्त्रालय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । सरकारबाट एमाले बाहिरिएसँगै अल्पमतमा परका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन अगावै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।

आफूलाई सदनमा २६ पुसमा विश्वासको मत दिएको नेपाली कांग्रेससहितका आठ दललाई प्रचण्डले भागबन्डा दिने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा सात दलीय गठबन्धन भत्काउन मुख्य भूमिका खेलेको कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले एमालेको भागमा परेको मन्त्रालयको जिम्मा दिन लागेको जनाइएको छ ।

त्यस्तै, जसपा, नागरिक उन्मुक्ति, नेकपा एस, जनमत, लोसपालगायत दललाई पनि मन्त्रिपरिषद्मा भागबन्डा मिलाउन छलफल भइरहेको छ ।गत पुस १० गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो चरणमा प्रधानमन्त्री बनाउन अटेर गरेपछि प्रचण्ड एमालेको कित्तमा पुगेका थिए ।

पुस १० गते नै नेकपा एमालेसहित अन्य साना सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा ओलोपालो र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो ।

तर, प्रचण्डले जसले आफूलाई प्रधानमन्त्री बनायो, उसै एमालेलाई धोका दिएर पूनः नेपाली कांग्रेससँग मिलेका छन् । अब केन्द्रदेखि संघसम्म नयाँ आठ दलीय गठबन्धनको नेतृत्वमा सरकार बन्ने भएको छ ।