काठमाण्डु- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट आज दर्ता हुने भएको छ ।
गत शुक्रबार सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएपछि आज रिट दर्ता गर्न लागिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको शुक्रबारको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश जारी गरेको थियो ।
ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा पेश गरिएको छ । रुजु गरेर दर्ता गर्ने क्रममा रहेको जनाइएको छ । २०७६ माघ १ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा मानिएका पाँच हजारको जिम्मेवारी लिने बताएका थिए।
५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रचण्डमाथि ज्ञानेन्द्रराज आरण लगायतले रटि दायर गरेका हुन् । उनीहरुले प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।
सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएपछि माओवादी वृत्तमा तरंग छाएको छ । पूर्वमाओवादी घटकहरु पनि प्रचण्डको बचाउमा उभिएका छन् । माओवादी घटक दलले शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।




प्रतिक्रिया