प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी शुक्रबारका लागि सर्‍यो


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको रिट निवेदकमध्येका कल्याण बुढाथोकीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement