उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए । उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताए ।

राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।