काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।
सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयबारे पनि छलफल भएको छ ।
त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने, संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुन संशोधनलगायत विषयमा पनि छलफल भएको छ ।




प्रतिक्रिया