काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधिनता सुदृढ हुने बताएका छन्।
शुक्रबार काठमाडौंको वसन्तपुरमा खड्गी समाजद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर राष्ट्रिय एकता मजबुत हुन्छ ।’
प्रचण्डले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क पनि गरे। उनले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने र त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि धारणा राखे।
प्रचण्डले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरूमा खड्गी समाजले र्पुयाएको योगदानको पनि चर्चा गरे।




प्रतिक्रिया