भागबण्डा मिलाउन प्रचण्डलाई सकस, कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

भागबण्डा मिलाउन प्रचण्डलाई सकस, कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

सोमबार बालुवाटारमा भएको भेटमा उनीहरुबीच मंगलबार बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । त्यस्तै मन्त्रिमण्डल विस्तारबाहेक संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायतका विषयमा उनीहरूबीच छलफल भएको छ । आइतबार सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी थियो ।

तर, सत्ता गठबन्धनमा सहमति नजुट्दा प्रचण्डले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । अब भोली सत्ता गठबन्धनको बैठक बोलाएर भागबण्डाबारे छलफल गर्ने प्रचण्डको तयारी छ ।