प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा ५ हजार धरौटी बुझाएर रिहा

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा ५ हजार धरौटी बुझाएर रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना मंगलबार रिहा भएका छन् । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो।

तर, ५ हजार धरौटी नतिर्ने अडान राखेपछि उनीहरुलाई कारागार पठाइएको थियो । आज ५ हजार धरौटी तिरेपछि उनीहरु रिहा भएका हुन् । जसअनुसार रिहा हुनेमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का रहेका छन् ।

चैत ७ गते बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा उनीहरलाई प्रहरीले पक्राउ गरेको थियो। प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो। अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो।