सरकारलाई आजै पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी

सरकारलाई आजै पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना भएपछि प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रालय भागबण्डाबारे टुंगो लगाउन केहीबेर अगाडि बसेको बैठक दिउसो ३ बजे बस्नेगरि सकिएको छ ।  मन्त्रालय भागबण्डाको टुंगो लगाएर आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

हिजो पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । तर, उक्त बैठकमा सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्नो अडान कायमै राखेपछि सहमित जुट्न सकेन । कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले २ मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न नसकेको हो ।

प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएको एक हप्ता वितिसक्दा पनि प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।