काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई पूर्णता दिन अन्तिम तयारीमा जुटेका छन् । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आजै बेलुकासम्म मन्त्रीको नाम दिन दलहरुलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन गर्ने तयारी गरेका छन् । जसअनुसार बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने भएको हो । सरकारलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले भोली चार जना भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।
पहिलो चरणमा नेकपा माओवादी केन्द्रका शक्ति वस्नेत गृहमन्त्री बन्ने पक्कापक्की नै भएको छ । त्यस्तै माओवादी केन्द्रले रेखा शर्मालाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । यता अर्थमन्त्रालयको बागडोर नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले सम्हालने भएका छन् ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि एक जना मन्त्रीको नाम दिन आग्रह गरेका छन् । प्रचण्डको आग्रहपछि माधव नेपालले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।




प्रतिक्रिया