दुई दिनभित्रै सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री प्रचण्ड

दुई दिनभित्रै सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री प्रचण्डले दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका हुन् ।

‘आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउँछ । यसपछि हामी नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ ।’, त्यस्तै उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ। कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ। केही गुणात्मक, जनताले केही राहत पाउने गरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ। त्यो महशसु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने खतरा छ । यसमा म गम्भीर छु।’, उनले भने ।