किन भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम ?

किन भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताएका छन् ।

बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गरेका हुन् ।

अहिलेको न्यूनतम साझा कार्यक्रममा अघिको सरकारसँग रहेका दलहरु र अहिलेका सरकारमा रहेका दलहरुकै साझा रुपमा कार्यक्रम राखिएकाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको उनको भनाइ छ ।

‘यो साझा कार्यक्रमलाई कार्ययोजनामा ढालेर कार्यान्वयन गर्ने हो भने देशका समस्या समाधान हुनेछन् । यो विकसित र परिमार्जित भएर आएको छ । अहिले भएका १० दल र पहिलाको सरकारमा भएका पार्टीहरुको पनि दिमाग लागेको छ । त्यसैले भन्ने हो भने यो राष्ट्रिय सहमतिकै साझा न्युनतम कार्यक्रम भन्न सकिन्छ । यो राष्ट्रिय सहमतिको साझा न्युनतम कार्यक्रम हो ।’ उनले भने ।