काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेका बेला बिहीबार प्रचण्डले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएका थिए । त्यसपछि प्रचण्डले गत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपनि सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले नै आफ्नो भागमा परेका सिट संख्याअनुसार मन्त्री बन्नेहरुको नाम नपठाएपछि सरकारले पूर्णता पाउन सकेको थिएन ।
यसैबीच नेपाली कांगे्रसले आफ्नो पार्टीको तर्फबाट मन्त्रीबन्नेहरुको नाम टुंगो लगाएपछि प्रचण्डले बिहीबार सरकारलाई पूर्णता दिने सम्भावना रहेको जनाइएको छ ।
यी हुन् कांग्रेसबाट मन्त्री बन्नेहरुः
एनपी साउंदः परराष्ट्रमन्त्री
मोहन वस्नेतः स्वास्थ्यमन्त्री
डिकबहादुर लिम्बुः खानेपानी वा वनमन्त्री
धनराज गुरूंगः कानुन मन्त्री
सुरेन्द्र आर्चायः शहरी राज्यमन्त्री




प्रतिक्रिया