प्रचण्डलाई भेटे नर्वेली मन्त्रीले, ‘समृद्धिको सकारात्मक संकेत’


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेर्वेका विकासमन्त्री निकोलाई अस्ट्रुपले भेटवार्ता गरेका छन्।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले मन्त्री निकोलाई अस्ट्रुपलाई नेपालको शान्ति प्रक्रियामा नर्वेले गरेको सहयोगको लागि धन्यवाद दिए।

प्रचण्डले आगामी दिनमा पूर्वाधार निर्माण, जलविद्युत, पर्यटन, कृषि, उद्योग र शिक्षा क्षेत्र विशेष जोड दिने समेत बताए।

प्रचण्डले २१औं शताव्दीमा विकास भएको प्रविधि र विदेशी पूँजीलाई देशमा भित्र्याउने वातावरण बनाउने जानकारी समेत भेटका अवसरमा गराए।

मन्त्री निकोलाई अस्ट्रुपले नेपालमा स्थायित्व र समृद्धिको सकारात्मक संकेत देखिएको बताए।

उनले वर्तमान राजनैतिक स्थिति र विकासबारे चासो राख्दै विशेषतः नेपालमा जनविद्युतको विकासबारे जिज्ञासा राखे।। उनले आफ्नो नेपाल वसाईको क्रममा खिम्ति जलविद्युत आयोजनाको अवलोकन गरेको जानकारी समेत गराए।

प्रतिक्रिया दिनुहोस
Advertisement