काठमाण्ड- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि आफूले योगदान गरेको बताएका छन् ।
बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रमा बोल्दै चितवनको विकासको लागि आफूले असाधारण योगदान गर्दापनि जनता असन्तुष्ट रहेको गुनासो गरेका हुन् ।
पछिल्लो समय विकासले मात्र जनता सन्तुष्ट नहुने स्थिति महसुस भएको उनको भनाइ छ । आइतबार भएको उपनिर्वाचन अन्र्तगत चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले विजयी भएपछि प्रचण्ड उक्त प्रतिक्रिया दिएका हुन् ।
‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’
त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाल अन्तर्राष्ट्रिय शक्ति सन्तु्लनको शिकार हुन लागेको भन्द्र आशंका ब्यक्त गरेका छन् । चितवन २ मा रवि लामिछाने ५४ हजार १७६ मत ल्याएर शानदारका साथ विजयी भएका छन् ।
लामिछानेले निकटतम् प्रतिद्वन्द्विभन्दा ४२ हजार ९६२ मतान्तर बनाएका छन्। लामिछानेको यो मतान्तर र मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएर दोस्रो भएका छन्।




प्रतिक्रिया