सत्ता गठबन्धनको बैठक बस्दै, सरकार विस्तारबारे छलफल हुने


काठमाण्डु- सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल च्रण्डले बैठक बोलाएका हुन् ।

उक्त बैठकमा सरकार विस्तारबारे छलफल हुने जनाइएको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । आज बस्ने बैठकमा सत्ता गठबन्धन दलहरुबीच रास्वपालाई सरकारमा सहभागि गराउनेबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement