भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्

भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो । आफूहरु देशको अर्थतन्त्र पुनरुत्थान गर्न काम गरिरहेको उनले बताए ।