प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिने भएपछि सदन सुचारु गर्ने सहमति


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् ।

त्यस्तै उनले संसदमा सरकारले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिने भएका छन् ।

नेकपा एमाले लगायतका विपक्षी दलले नागरिकता प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म संसद चल्न नदिने विपक्षी दलहरुको अडान थियो । यसैबीच प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिने भएपछि सदनमा विपक्षी दलहरूले गरेको अवरोध हट्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement