निरास भएका प्रचण्ड अध्यक्ष ओली संसद बैठकमा पुगेपछि खुसी भए


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनका नेताहरू सहभागी नभएको भन्दै नमिठो महसुस भएको बताए । उनले संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका प्रमुख नेता हुनुपर्ने स्मरण गराएका हुन् ।

‘सामान्यतः संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि प्रतिपक्षी र सत्तापक्षका प्रमुख नेता हुने अभ्यास छ । यहाँ प्रतिपक्षी दलको प्रमुख नेता पनि हुनुहुन्न । सत्ता गठबन्धनका नेता पनि हुनुहुन्न । अलिकति नमिठो महसुस भएको छ ।’, प्रधानमन्त्री दाहालले रोस्ट्रममा पुगेपछि भने ।

त्यस लगत्तै नेकपा एमालेका अध्यक्ष ओली संसद बैठकमा पुगे । त्यसपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई देखेपछि खुसी भएको बताए । उनले बैठकमा उपस्थित भएकोमा धन्यवादसमेत दिए । ‘मैले विपक्षी दलका प्रमखु दलका नेता संसदमा नदेख्दा नमिठो महशुस भयो । विपक्षी दलका प्रमखु दलका नेता नेता भरखरै आनुभयो । अहिले खुसी महशुस भइरहेको छ । म उहाँलाई धन्यवाद पनि दिन चाहान्छु ।’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement