भारतीय प्रधानमन्त्री मोदीबाट सीमा विवादबारे स्पष्ट विचार आएको छ, यसमा सबैले खुसी हुनुपर्छ: प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिमा विवादवारे भारतसँग खुलेर छलफल गरेको बताएका छन् ।

सोमबार आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपाल-भारत सीमा समस्या सुल्झाउन सकारात्मक भएको बताएका हुन् ।

‘सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई मैले गम्भीर ढंगले आग्रह गरको छु । भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग रहेका सीमालगायत थाती रहेका विवादका विषय समाधान हुन्छ । भन्नुभयो । लामो समयपछि भारतीय प्रधानमन्त्री मोदीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक विषय हो । सबैले खुसी हुनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement