प्रधानमन्त्री प्रचण्डको स्पष्टिकरण- भारतसँग भूमि साट्ने कुरा गरेको छैन


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नगरेको स्पष्टिकरण गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पारेका हुन् ।

आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।

तर, बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘मैले कहिँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । प्रस्ट होस् । कालापानी, लिम्पियाधुरा लिपुलेक नेपाली भूमि हो । घुमाउने कोशिश नगरौँ ।’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement