प्रचण्डले भने- मलाई भैँसी चढाएर हिँडाउन थाले, भारतले भैसी होइन राँगा दिन लागेको हो


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपाललाई भैँसी नभइ रागा दिन लागेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले १५ वटा मुर्रा जातको राँगा दिन लागेको बताएका हुन् । भारतले मुर्रा जातको राँगा दिने विषय हालको नभइ सात वर्ष अगाडि भएको दाबी गरे ।

‘भारले भैँसी होइन, राँगा दिन लागेको हो । राँगा राँगा हो । मुर्रा जातको राँगा ल्याउने सहमति सात वर्षअघि भएको रहेछ। तर, मलाई मानिसहरुले भैसी चढाएर हिडाउन थाले ।’, उनले भने । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ ।

वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा एक लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement