प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केवलकार

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केवलकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केवलकारको उद्घाटन गरेका छन् । बिहीबार बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन् ।

साढे ३ अर्ब लगानीमा बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।