विप्लव पनि नेकपामा आउँने प्रचण्डको विश्वास

विप्लव पनि नेकपामा आउँने प्रचण्डको विश्वास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पनि नेकपामा आउने बताएका छन् । उनले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बिहान विप्लव समूहको पोलिट्ब्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पदम राईको प्रवेश पछिल्लो समय विप्लवको नेकपामा प्रवेशको सुरुवात भएको बताए । उनले भने ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिरहेकाे  छ, यो गन्तव्यमा पुग्ने बाटो होइन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ’ । प्रचण्डले विप्लव हिडेकाे याे बाटाेले उनलाई गन्तव्यमा नपुराउने भन्दै यसले जनातालाई क्षति मात्र गर्ने बताए ।

अहिलेको परिस्थिति नितान्त भिन्न परिस्थिति रहेको भन्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने जिम्मेवारी सबैको रहेकाे भन्दै उनले समाजवादको आधार तयार गर्ने कुरामा नेकपाले जोड दिएको बताए ।

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए । उनी विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए ।