माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तन हुन्छ: प्रचण्ड

माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तन हुन्छ: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तनको आधार तयार पार्न सकिने बताएका छन् ।

मंगलवार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादीको रूपान्तरण अनिवार्य भएकामा जोड दिए ।

‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुआत गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ,’ उनले भने, ‘जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुआत गर्नेछ ।’

नक्कली भुटानी शरणार्थीदेखि सुन तस्करीको जालो तोड्ने काम अगाडि बढेको भन्दै यो यहीँ नरोकिने उनले बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन,’ उनले भने, ‘भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’