प्रचण्डका अराजक अभिव्यक्तिमा लागेन ब्रेक !


काठमाण्डु- सरकारकाे नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र लगायतका चार दल सामेल समाजवादी मोर्चाले आफ्ना सातै प्रदेशमा सन्देशसभाको आयोजना गरिरहेको छ । सोमबार विराटनगरमा सभाको आयोजना गरेसँगै अब मंगलबार धनगढीमा आयोजना गरेपछि सभा सकिनेछ ।

आठ दलीय गठबन्धन रहेकै अवस्थामा प्रधानमन्त्रीकै नेतृत्वम समाजवादी मोर्चाको औचित्यमाथि नै कैयौंन प्रश्न उठेका थिए । प्रदेशस्थित भेलाहरुबाट त्यसको औचित्य पुष्टि गर्ने अधिकांशको अपेक्षालाई चक्मा दिंदै शिर्ष नेताहरुले औचित्य पुष्टि भन्दापनि प्रतिपक्षीहरुको आलोचना गर्नमा र अराजक अभिव्यक्ति दिनमै अधिकांस समय व्यतित गरेछन् ।

यस बीचमा देशको सरकार प्रमुख समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्का अभिव्यक्तिहरु त प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्नै नसुहाउने खालका मात्रै छैनन् सामाजिक विद्धेश फैलाउने खालका छन् । प्रधानमन्त्री प्रचण्डले सुर्खेत, बुटवल तथा हेटौंडामा आयोजित कार्यक्रममा एकै बिषय जोड तोडका साथ उठाएका छन्। त्यो हो, केही समयमै २ लाख मानिस सडकमा उर्ताछु ।

सोमबार विराटनगरमा आयोजित समाभा पनि यो अराजक अभिव्याक्तिले निरन्तरता पाएको छ । सरकारको नेतृत्व गरिरहेका प्रचण्डले जनता सडकमा उर्ताने धम्की दिनुलाई जानकारहरुले भने पदीय मर्यादाविपरित भएकाे बताएका छन् । सोमबारको कार्यक्रममा पनि प्रचण्डले भोलि धनगढीमा भेला सकिएलगत्तै सडकमा जाने कार्यक्रमको टुंगो लाग्नेसम्म बताए।

भेलाले समेत औचित्य पुष्टि गर्न नसकेको समाजवादी मोर्चा जिउँदै छ भन्नका लागि भएपनि गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई शक्ति देखाउनुपर्ने उनको भनाई छ ।

गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताउँदै प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन समेत दिए। सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’

यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु…, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’

सुदूरपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्‍यो । अनि मात्र हाम्रो जित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement