सरकारको विकल्प खोज्न देउवासँग छलफल गर्ने शेखर समुहको निष्कर्ष


काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठकले सरकारको विकल्प खोज्‍नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले अहिलेको सरकारको विकल्प खोज्‍नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले काम चित्त बुझाउने खालको नभएकोले आगामी केन्द्रीय समिति बैठकमा यसबारे छलफल गर्ने निष्कर्ष निकालेको जनाइएको छ । यसका लागि शेखर समुहले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएकाे छ ।

त्यस्तै आजको बैठकले कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । साथै बैठकले पार्टी नेताहरुको कारबाही र निलम्बन प्रक्रिया विधान अनुसार गर्नुपर्नेमा त्यसो नभएको पनि निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement