हिजो राजामहाराजाको गुलामी गर्नेहरू ‘सिस्टम नै फेर्ने दिन आयो’ भन्न थाले : प्रचण्ड

हिजो राजामहाराजाको गुलामी गर्नेहरू ‘सिस्टम नै फेर्ने दिन आयो’ भन्न थाले : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नेपालको इतिहासमा महत्वपूर्ण भूमिका खेल्ने जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताएका छन्। भने, ‘जनतालाई राहत दिलाउन र उनीहरुको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न यो व्यवस्थाले सक्नुपर्छ ।’

 ‘नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन् । यो नाटकीय ढंगले गरिएको परिर्तन पनि होइन,’ उनले भने, ‘ यो व्यवस्था नेपाली जनताले राणाशाही बिरोधी आन्दोलनको बेलादेखि २००७ साल, संविधान सभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म गरेको अनवरत संघर्ष, त्याग र बलिदानको परिणाम हो ‘

झण्डै ७० वर्ष नेपाली जनताले जाति, क्षेत्र, लिंग, समुदाय सबैको बलिदान र संघर्षको कूल योगफलको रुपमा आजको संविधान र आजको संरचना रहेकाे अाइतबार सिन्धुलीमा भएकाे कार्यक्रममा प्रचण्डले भने । उनले भने, ‘ यो संरचनाले विकास गर्नुपर्छ । जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ । त्यसकारण हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले आफ्नो सपनाको रुपमा समृद्ध नेपाल निर्माण गर्ने र नेपालीहरुलाई सुखी बनाउने राष्ट्रिय सपना बोकेको छ ।’

डेढ बर्षमा अाफूहरूले  गरे नगरेका सबै कुरा छर्लङ्गै रहेकाे उल्लेख गर्दै प्रचण्डले। स्थानीय तह र सातै प्रदेशहरुले विकास निर्माण देखि सामाजिक सुरक्षा जस्ता जति पनि कामहरु सुरु गरेको ,  केन्द्र सरकारकाले अहिलेको बजेट र नीति तथा कार्यक्रममा जसरी जनताको भावनालाई सम्बोधन गर्ने कोशिस गरेको बताए । यसले आउने वर्षमा हाम्रो विकासले अझ ठूला ठूला गति लिन्छन् भन्ने विश्वासको आधार तयार गरेको उनकाे भनाइ छ।

हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरु सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेकाे भन्दै प्रचण्डले असन्तुष्टि पाेखे। ‘जम्मा डेढ वर्ष भयो सरकार बनेको, स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ । दुई वर्ष पुगेकै छैन तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन्,’ उनले भने, ‘ एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नुभएको पनि होला । म यो मञ्चमा बसेर देशभरका जनतालाई अपील गर्न चाहान्छु । तिनीहरुले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्, त्यो कहिल्यै पुरा हुुने छैन । त्यसलाई कुनै हालतमा पुरा हुन दिइने छैन । हामी सानो दुःख, त्याग र बलिदानले यो ठाउँमा आएका होइनौं । हामीलाई कसैले दया माया गरेर कम्युनिष्ट पार्टीलाई दुई/तिहाई दिएको होइन । ’